१४ बैशाख २०८१, शुक्रबार

आम निर्वाचन-२०७९ : स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको प्रश्न


निर्वाचन

काठमाडौँ । नेपाल अहिले निर्वाचनमय भएको छ । यस आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि कुल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको निर्वाचन आयोगले जनाएको अवस्था छ ।

आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको दिन नजिकिदै छ । राजनीतिक पार्टीहरुले आफ्ना उम्मेदवारहरु मार्फत आफ्ना एजेण्डाहरु प्रस्तुत गरिरसकेका छन् भने अर्कोतिर यो निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित हुन्छ कि हुँदैन भन्ने विषयमा आम नागरिक समुदाय तथा अन्तर्राष्ट्रिय समुदायमा चासो र चिन्ताको विषय बनिरहेको अवस्था छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहित हुनुपर्दछ भन्ने सम्बन्धमा तल चर्चा गरिएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित हुन्छ कि हुँदैन भन्ने विषयमा आम नागरिक समुदाय तथा अन्तर्राष्ट्रिय समुदायमा चासो र चिन्ताको विषय बनिरहेको अवस्था छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहित हुन सक्छ कि सक्दैन भन्ने सम्बन्धमा निर्वाचन अनुगमन तथा पर्यवेक्षणका लागि विदेशी पर्यवेक्षकहरुलाई निर्वाचन आयोगले स्वागत तथा सहजीकरण गरेको अवस्था पनि छ । अर्कोतिर राष्ट्रिय पर्यवेक्षण समिति (नियोक) लगायत विभिन्न स्वदेशी संघ संस्थाहरुले संख्यात्मक रुपमा ठूलो संख्यामा देशैभरि पर्यवेक्षकहरुलाई परिचालन गरेको अवस्था छ । सेना, प्रहरी तथाविशेष प्रहरी लगायत म्यादी प्रहरी समेतको सुरक्षा प्रणाली तर्जुमा गरी परिचालन गरेको अवस्था पनि देखिन्छ ।

यति हुँदाहँदै पनि आम मतदाताहरुमा आगामी मंसिर ४ गतेको निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने विषयमा दुविधा उत्पन्न भएको पनि छ । यसो हुनुमा मुलतः विगतको निर्वाचनको अनुभव पनि हो भने अर्कोतिर केही राजनैतिक दलहरुले यस निर्वाचनलाई जसरी पनि विथोल्ने भन्ने समाचार आम संचारका माध्यबाट आइरहेका अवस्थामा सुरक्षा चुनौति रहेको देखिन्छ ।

आम मतदाताहरुमा आगामी मंसिर ४ गतेको निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने विषयमा दुविधा उत्पन्न भएको पनि छ ।

यस्तो अवस्थामा निर्वाचन आयोगले भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न गराउन कुनै कसर नराख्ने र सोका लागि सबै प्रवन्ध गरेको जनाउँदै आएको परिप्रेक्षमा भयरहित निर्वाचन, स्वच्छ,स्वतन्त्र र निष्पक्ष निर्वाचनको कुरा आधुनिक प्रजातान्त्रिक निर्वाचनको कसी ठानिन्छ । यसले निर्वाचनको नैतिकता र कानुनी बैद्यता समेत स्थापित गर्ने भएको हुँदा भयरहित निर्वाचनलाई प्रजातन्त्रको मानक ठानिदै आएको पाइन्छ । त्यसै कारण देशी विदेशी निर्वाचन अनुगमन तथा पर्यवेक्षकहरुलाई निर्वाचनमा पर्यवेक्षण गर्न खटाइने गरिएको पाइन्छ ।

यस सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठको भनाइलाई यहाँ उल्लेख गर्न चाहान्छु । उनले भयरहित, स्वच्छ, निष्पक्ष तथा स्वतन्त्र निर्वाचन भनेको प्राविधिक कुरा मात्र होइन कि मतदातहरुको मानसिक तयारी पनि हो । मतदातालाई सार्वभौमिकताको महसुस गर्ने गराउने अवस्था पनि हो भन्ने विचारलाई विश्लेषण गर्ने हो भने निर्वाचनमा मतदाता म सार्वभौम छु्, मेरो निर्वाचन गर्ने अधिकारलाई कुनै पनि वाहानामा कुण्ठित र डर, धाक, धम्की र लोभ लालचमा नपरी निर्वाचनमा स्वच्छ र स्वतन्त्र रुपमा भयरहित रुपमा आफ्नो विवेक प्रयोग गर्न पाउने वातावरण र महसुस गर्ने स्थिति नै वास्तवमा भयरहित निर्वाचनको अवस्था मान्न सकिन्छ ।

कुनै पनि वाहानामा कुण्ठित र डर, धाक, धम्की र लोभ लालचमा नपरी निर्वाचनमा स्वच्छ र स्वतन्त्र रुपमा भयरहित रुपमा आफ्नो विवेक प्रयोग गर्न पाउने वातावरण र महसुस गर्ने स्थिति नै वास्तवमा भयरहित निर्वाचनको अवस्था मान्न सकिन्छ ।

भयरहित, स्वच्छ, स्वतन्त्र र निष्पक्षनिर्वाचनका सम्बन्धमा विश्वव्यापी मापदण्डहरुसमेत प्रचलनमा रहेको र ती मापदण्डहरुको आधारमा निर्वाचन गर्दा भयरहित, स्वच्छ निर्वाचन भएको मान्ने गरिन्छ । तीनै मापदण्डका आधारमा निर्वाचन अघि, निर्वाचनका बेला र निर्वाचनपश्चात गरी तीन अवस्थामा भएका गतिविधिका आधारमा निर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित छ छैन भनी मुल्यांकन गर्ने गरिएको पाइन्छ । स्वदेशी तथा विदेशी निर्वाचन पर्यवेक्षकहरुले तिनै अन्तर्राष्ट्रिय मापदण्डका आधारमा निर्वाचन पर्यवेक्षण गर्दै आएको देखिन्छ ।

अतः निर्वाचन सम्पन्न हुनु मात्र ठूलो कुरा मानिदैन । आज भोली विश्वभरि जस्तासुकै राजिनीतिक प्रणाली भएका मुलुकहरुमा निर्वाचनबाट नै राज्य संचालन गर्ने गरिन्छ तर ती निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न भए की भएनन् भन्ने आधारमा राष्ट्रिय गौरव र अन्तराष्ट्रिय छवी उच्च हुने हुँदा त्यसतर्फ राजनीतिक पार्टी, निर्वाचनका उम्मेद्वार, नागरिक समाज, पर्यवेक्षकहरु, सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, प्रशासनयन्त्र र आम नागरिक तथा मतदाताहरु समेत सचेत रहनुपर्ने भएको हुँदा यसतर्फ सबैको ध्यान जाओस् ।

*लेखक हरिचन्द्र भट्टराई राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय मावनव अधिकार प्रतिष्ठानका महासचिव एवं सिरिजङ्घा सरोकार समाजका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका लेक्चरर समेत हुन्।

यो पनि पढ्नुहोस्

संघीय शासन प्रणाली र आसन्न निर्वाचन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !