१४ बैशाख २०८१, शुक्रबार

नेपालमा स्वास्थ्य बीमा कति सफल ?


स्वास्थ्य बीमा

नेपालमा स्वास्थ्य सेवामा लागेको करिब ४० वर्षको लामो अनुभव छ । स्वास्थ्य बीमा २०७२ चैत्र २५ गते नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरेको देखिन्छ । २०७२ साल यता स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढ्दै छ भने कतै घट्दै पनि छ । तर स्वास्थ्य बीमा गर्दा सरकारलाई प्रत्यक्ष फाइदा भए जस्तो मलाई लाग्दैन ।

स्वास्थ्य बीमामा नागरिकको सहभागिता त्यति उत्साहजनक देखिदैन । हाल नेपालका केही जिल्लाहरूमा बढ्दै गएको देखिन्छ । सुरुमा कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा करिब ४९ जिल्लामा फैलिएको पाइन्छ । तर बीमा कार्यक्रममा सहभागी नागरिकको संख्या भने निकै न्यून छ ।

स्थानीय तहमा प्रयाप्त स्वास्थ्य समस्या नहुँदा र समयमा चिकित्सक नहुँदा जनताले चाहे जस्तो स्वास्थ्य सेवा पाउन कठिन देखिन्छ । स्वास्थ्य बीमाले प्रयाप्त औषधि दिन सकेमा जनताले सेवा पाउने थिए । कहि सिटामोल नपायका जनतालाई सिटामोल उपलब्ध गर्ने काममा सरकारको ध्यान पुग्न नसकेको अवस्थामा स्वास्थ्य बीमाबाट ३ करोड नेपालीलाई स्वास्थ्य सेवा के सरकारले पुराउन सक्ला यो सोचनीय विषय भित्र परेको छ ।

हाम्रो जस्तो अल्पविकसित देशमा स्वास्थ्य बीमा लागू गर्दा खर्चको भार थेग्न नसकेर वीचमै बीमा रोकिन सक्ने कतिपयको बुझाइ छ । स्वास्थ्य बीमाबाट बार्षिक एक परिवारले कम्तीमा १ लाखसम्म बिमाङ्क रकम पाउन सक्छन् तर गम्भीर बिमारीको अवस्थामा यो रकमले नपुग्न सक्छ यस्तो अवस्थामा सरकारले यो खर्च धान्न सक्ला जस्तो लाग्दैन ।

कार्यक्रम राम्रै भएपनि सरकारले जनतमाझ बीमाको लोकप्रियता बढाउन नसक्नुमा अर्थ तन्त्र कमजोर भएको हुन सक्छ । अहिलेसम्म बीमा कार्यक्रममा २२ लाख ३२ हजार ६ सय ६४ जना नागरिकले सहभागिता जनाएको अनुमान छ । जसअनुसार पुरुषतर्फ अन्दाजी १० लाख ६१ हजार ६५९ र महिलातर्फ ११ लाख ७० हजार ७६५ जना रहेको बताएको छ ।

त्यस्तै ८ लाख १५ हजार ११६ घरपरिवारले सहभागी जनाएको भनेको छ । जसमध्ये ७ लाख ८५ हजार ६ सय २९ जना परिवार लाभाम्वीत भएको बोर्डको तथ्याङकले देखाउद छ । बीमाबाट राम्रो फाइदा उठाउन सकिने लक्ष्य साथ अघि बढेको सरकार बीमा घाटामा जाने डरले कता बन्द त हुने होइन भन्ने कुरा बुद्धिजीवीको छ ।

देशले बृद्धभत्तामा कटौती गर्ने भन्दै गरेको सुनिन्छ भने भोलि यो पनि बन्द नहोला भन्न सकिदैन । देशको खर्च रेमिट्यान्स र करबाट धानेको देखिन्छ ।बीमाबाट स्वास्थ्य सेवा दिनको लागि सरकारको ढुकुटीमा पैसा टन्न भएमा भने बिमा सफल हुन सक्ला नत्र यो सफल होला भन्ने विश्वास गर्न सकिदैन ।जनताले पैसा तिरेर उपचार गराएका छन् । बीमाले जनताको जस्तोसुकै रोगको उपचार गराउन सक्नुपर्छ । सामान्य खालको बिरामी मात्रै हेर्ने तर गम्भीर बिरामीलाई नहेर्ने हो भने नेपालमा बिमा सफल होला जस्तो लाग्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !