१४ बैशाख २०८१, शुक्रबार

लगानी घरमा गर्ने कि उद्यममा ?


लगानी घरमा गर्ने कि उद्यममा ?

आम नेपालीहरू माझ एउटा व्याप्त भनाई पाईन्छ, घर भनेको पेन्सन नहुनेहरूको लागी पेन्सन हो । पेन्सन हुनेहरूले महिनैपिच्छे पेन्सन पाउँछन्, पेन्सन नहुनेहरूले घर बनाई कोठा भाडामा लगाएर महिनै पिच्छे कोठा भाडाले खर्च तार्ने सोचाई अधिकांश नेपालीको छ ।

तर यो सोचाई कति ठिक हो त ? कसले फैलायो यस्तो वाहियात कुरा ? अहिलेको समयमा जग्गा किनेर तिन तलाको घर बनाउँदा दुई अढाई करोड कम्तिमा सकिन्छ र त्यति रकम खर्चेर बनाएको घर, एउटा तला आफ्नो परिवारलाई राखेर बाँकी दुई तला भाडामा लगाउँदा एउटा तलाको २० हजार भाडा आयो भने पनि दुई तलाको बढिमा मासिक ४० हजार भाडा आउने रैछ।

मासिक ४० हजार कमाउनको लागि दुई अढाई करोड रूपैया लगानी गर्ने कस्तो सोचाई हो हाम्रो ? यो सोचाईले एकातिर खेतीयोग्य जमिनहरू धमाधम प्लटिङ भएर सक्किरहेका छन् भने आर्कोतिर जमिनको मुल्य आकाशिदो छ । एकपल्ट राम्रोसंग सोचौँ त, घर बनाएर बार्षिक ४ लाख ८० हजार कमाइने रहेछ, त्यो पनि सबै कोठा भाडामा गयो भने ! अनि त्यसरी बनाएको घरको आयु कति हो ।

मलाई लाग्छ अहिले बनाएका घरहरू ३०-४० बर्षमा पुरै जिर्ण बन्छन् त्यो समय सम्ममा तपाईँले त्यै घरको सावा जसोतसो असुल गर्नुहोला त्यसमा पनि खर्च घटाउने हो भने करिव त्यो समय सम्म दुई करोड बचत रहन्न, पेन्सनकै लागी त दुई करोड मात्र बैङ्कमा फिक्स डिपोजिटमा राख्नुभयो भने पनि बार्षिक आठ प्रतिशत ब्याजले पनि बार्षिक १६ लाख रूपियाँसम्म आम्दानी गर्न सकिन्छ ।

अब घरभाडामा आएको बार्षिक ४ लाख ८० हजार धेरै वा बैङ्कमा राखेको रकमको ब्याज १६ लाख धेरै ? हामी किन भाडामा बस्न मन पराउँदैनौ ? बस्नै सम्म हो भाडाको घरमा पनि सानदार तरिकाले बस्न सकिन्छ, १६ लाखमा बार्षिक २ लाख ४० हजार भाडामा जान्छ (एक तलाको मासिक २० हजारले) बाँकी बचेको १३ लाख ६० हजारले तपाईँ बेलाबेला देश बिदेश घुमेर मनोरञ्जन लिन पुग्छ त्यति गर्दा पनि तपाईको सावा त सुरक्षित रहन्छ नै ।

उद्यम गर्न कुनै आइडिया छैन वा सिप छैन, लगानी डुब्ने डर लाग्छ भने कम्तिमा घर नबनाइ दिनुस् ता कि र्को उद्यम गर्न चाहानेले सस्तोमा जग्गा भेटोस् र कृषि योग्य जमिनहरू प्लटिङमा परिणत हुन नपाउँन । यदि उद्यम गर्ने चाहाना छ भने त २ करोडमा धेरै कुराहरू गर्न सकिन्छ । हामी बिदेशी लगानी भित्र्याउने कुरा गर्छौँ तर देशभित्रैको पैसाको सदुपयोग कति भई रहेको छ त? गम्भीर भएर सोच्ने बेला भएन र ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !