८ मंसिर २०८१, शनिबार

प्रेम के हो र प्रेम किन गरिन्छ ?


love
ram
राम मगर

प्रेम सुन्दा जति सुन्दर शब्द छ । त्यतिनै यसको महत्व पनि छ किनकि प्रेमले गर्दा नै यो संसार चलिरहेको छ । प्रेम नभएको भए सायद यो संसारमा कोहि कसैको हुदैनथ्यो होला । यो प्रेम शब्द नभएको भए कसैसंग पनि ताना, सम्बन्ध नै हुदैनथ्यो । यो संसारमा मानिस भएर जन्मिसकेपछि बाच्नको लागि अरु कसैको माया, प्रेम, साथ, सहयोगको आवश्यक पर्दछ । प्रेमलाई हामीले हेरेर न देख्नेनै सकिन्छ, नत यसलाई छेक्न नै सकिन्छ । यो प्रेम यति त्यति गर्छु, भनेर पनि हुदैन किनकि यो आफ्नै हृदयदेखि आफै उत्पन्न भएको हुन्छ । कसैको अनुहार हेरेर प्रेम गरेको हुदैन । हामीमध्ये अधिकांशले पहिलो प्रेमको अनुभुति गरेका छौँ । प्रेमी-प्रेमिका मात्र होइन, आफ्नो परिवार तथा साथीसंगीहरुमा पनि हाम्रो अगाढ प्रेम रहन्छ । प्रेम शब्द सुन्ने बित्तिकै हामी सबैको दिमागमा पान आकारको मुटुको चित्र आउँछ । तर कुनै मानिस प्रेममा पर्दा वास्तविक जादु उसको मुटुमा होइन, उसको दिमागमा देखिन्छ ।

सुन्दा अचम्म लाग्ला, तर प्रेममा परेको मान्छेको मस्तिष्क भर्खरै कोकेन खाएको मान्छेको मस्तिष्क जस्तै हुन्छ । कोकेनले प्लेजर सेन्टर नामक खुसीको महसुससँग सम्बन्धित हाम्रो दिमागको एउटा भागलाई सक्रिया बनाइदिन्छ । यसले हामी खुसी हुनको लागि आवश्यक उत्तेजनाको मात्रालाई घटाइदिन्छ । यानिकी स–सानो कुराले पनि हामी खुसी हुन्छौँ । प्रेममा परेको व्यक्तिको दिमागमा पनि यही हुन्छ । तर कोकेन सेवन गर्दा वा प्रेममा पर्दा हामी कोकेन वा प्रेम मात्रको कारणले खुसी हुने भने होइन । तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ भने तपाईंलाई अनुभव होला कि प्रेममा परेको समयमा हरेक चिजले खुसी बनाउँछ । खुसी हुनको लागि खासै त्यति ठूलो कारण नै चाहिँदैन । किनभने ती स–साना कुराहरु नै पनि अब मस्तिष्कको प्लेजर सेन्टरलाई सक्रिय बनाउन सक्षम हुन्छन् । त्यसैले प्रेममा पर्दा आफू जोसित प्रेममा परेको हो, त्यो व्यक्ति मात्र होइन, सबै चिज राम्रो लाग्न थाल्छ ।

आफ्नो मनपर्ने व्यक्तिसँग हुँदा वा उसको फोटो मात्र हेर्दा पनि हाम्रो शरीरमा डोपमिन र नो–एपिनेफ्रिन नामक हर्मोनहरु मस्तिष्कको अघिल्लो भागवाट उत्पादन हुन थाल्छ । मानिसहरुमा प्रेम हुनुको प्रमुख कारण एण्डार्फिन नामक हर्मोन हो । जव कसैलाई आँखाले देखिन्छ त्यसको सन्देशी सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन्छ । हाम्रो शरीरमा विभिन्न रसायन पनि प्रेम बढाउनमा जिम्मेवार मानिन्छन् । जस्तै सेरोटोनिन मानिसक शान्ति दिने हुन्छ भने अक्सीटोसिनले उत्तेजना बढाउँछ ।

यसले हामीमा यौनइच्छा जगाउने मात्र नभई आफूले प्रेम गरेको व्यक्तिसित हरपल हरक्षण साथ रहिरहने इच्छा र तृष्णा उत्पन्न गराउँछ । वास्तवमा यो प्रेम भनेको कुनै भावना वा आवेग मात्र होइन, यो हाम्रो मस्तिष्कमा हुने रसायनिक प्रतिक्रियाहरुको परिणाम हो । प्रेमसँग सम्बन्धित यी सबै कुराहरु दशकौँसम्म सक्रिय रहिरहन सक्छन् । यीबाहेक प्रेममा पर्नको लागि अन्य थुप्रै शारीरिक वा मानसिक कारणहरु हुने भए पनि सत्य के हो भने किन र कसरी प्रेम हुन्छ भन्ने कुराको ठोस उत्तर विज्ञानले अझै पनि दिन सकेको छैन । तर अर्को सत्य के हो भने आफू प्रेममा पर्दा भने हामी सबैलाई प्रेम के हो भन्ने कुरा महसुस हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !