४ श्रावण २०८२, आइतबार

नेपालले नेदरल्याण्डलाई ६ विकेटले हरायो


आइसिसी विश्वकप लिग-२ : नेपाल विजयी

काठमाडौँ । नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको छ । आज बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको हो ।

ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलामा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित निकालेको हो । उक्त खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै, आरिफ सेखले रिटायर्ट हर्ट हुनुअघि २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन थपे । भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । लोकेश बम १२ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र ५ छक्का हाने । त्यस्तै रोइलेफ भान डर मिर्वेले २१ बलमा ३६ रन बनाए । आर्यान दत्तले अविजित १७ रन तथा सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !