१५ बैशाख २०८१, शनिबार

कामले मान्छे सानो हुदैन


गिट्टी कुट्दै मानिस

नोकर होस् या मालिक होस् सवैसंग समान व्यवहार गर्नुपर्छ । काम सानो ठुलो हुदैन ठुलाले गर्ने काम र सानाले गर्ने काममा भिन्नता हुनसक्छ । आज कामको भेदभाव गर्ने सिस्टम दिन प्रतिदिन बढ्दै गएको छ । यो नितान्त गलत हो जस्तो लाग्छ ।

मलाई एउटा सत्य घटनामा आधारित एउटा घटना याद आयो एक जना परिवारले जवान केटा नोकर राखेका रहेछन् । नोकरलाई सवै काम गराउदा रहेछन् । नोक्कर आर्थिक स्तरले कमजोर भएपनि पढाई धेरै राम्रो रहेछ । उसले काम सकेर पढाइमा ध्यान दिने रहेछ ।

समय बित्दै गएछ उसलाई त्यो परिवारले काम गरेको पैसा दिनुको सट्टा चोरीको इल्जाम लगाएर कामबाट निकाली दिएछन् पछि त्यो परिवारको सदस्य विदेशबाट आएर सवै कुरा बुझेपछि गएर केटासंग क्षमा मागेर पैसा हिसाब गरेर बुझाई दिएछन् । अर्को घरमा नोकरी गर्दै पढेछ एकदिन सरकारको तर्फवाट सिडिओको लागि खुलेको नोकरीको परिक्षामा पास भएछ ।

उ सिडिओ भएर त्यही जिल्लामा खटिएर आएको रहेछ । जुन घरकाले उसलाई चोरीको इल्जाम लगाएका थिए त्यो परिबारको मुखियालाई कार्यालयमा बोलाएछन् । कार्यालयमा उपस्थित सिडिओले उठेर त्यो व्यक्तिलाई स्वागत गरेछन् । यो देखेपछि सन्तानका कारण गरेको गल्ती क्षमा योग्य नभएको हुनाले टाउको निहुराउदै क्षमा मागेछन् ।

सिडिओले कुरा थप्दै भनेछन्,मलाई घरबाट ननिकालेको भए म पढाइमा मेहनत गर्ने थिइन तर नगरेको गल्तीले गर्दा मलाई प्रतिसोध लिनका लागि मेहनत गरेर आज म यो स्थानमा पुग्न सफल भए यो सवै तपाईंहरूको कृपाले सम्भव भएको थियो भनेर घर पठाइ दिएछन् ।

भन्नुको अर्थ हरेक व्यक्तिको प्रगतिको पछि ईख हुन आवश्यक छ । छोरो जन्माएर त्यसमा ईख छैन भने केही काम छैन । परिवर्तन समयको माग हो सन्तानलाई सम्पत्ति होइन ठोक्कर दिनुपर्छ । उसले पढ्न चाहेको छ भने जतिसुकै खर्च भएपनि उसलाई पढ्न दिनुपर्छ । यसरी उसलाई शिक्षारूपी सम्पत्ति हामीले दिन सके बल्ल उसले गरेको मेहनतले आँखा खुल्न थाल्नेछ ।

आज नोक्कर भनेर हेला गर्ने समय होइन उसले गरेको मेहनतको कदर गर्न जान्नु पर्दछ । सम्पत्ति ठूलो होइन इमान्दारिता सवैभन्दा ठूलो गहना हो । इमान्दार मान्छे हमेसा अगाडि रहेको हुन्छ । आज काम सानो गरेको देखेर हाँस्ने समाज छ । कबाडीको धन्धा गर्ने मान्छे करोडपति छ । कबाडी खरिद गर्ने मान्छेलाई हामी सानो सम्झिएका हुन्छौं तर उसले एउटा सिडिओले खाने तनखा भन्दा बढी कमाइ गरेको हुन्छ ।

सित्तैमा खाने बानीले गर्दा आज हरेक नेपाली परनिर्भरमूखी बन्दै गएको छ । काम गरेर सानो कोहि हुदैन तर कामचोर प्रबृति हरेक नेपालीमा बढ्दै गएको छ । दैनिक ५०० कमाउने व्यक्तिले ६०० खर्च गर्छ भने उ कसरी अघि बढ्न सक्छ । ५०० बाट २५० बचत गर्छभने कालान्तरमा ठुलो रकम जम्मा हुन जान्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !