१४ बैशाख २०८१, शुक्रबार

अन्तर्वार्ता (Interview ) दिँदा ध्यान दिनुपर्ने १० महत्वपूर्ण कुराहरु


Interview अन्तर्वार्ता
Arun Asian
अरुण एशियन

कुनै निश्चित गरिएको काम पेशा वा नोकरीका लागि योग्य व्यक्ति छनोट गर्न उसको व्यक्तिगत विचार, दृष्टिकोण साथै शारीरिक, मानसिक एवं संवेगात्मक अवस्था बुझ्न लिने मौखिक जाँच वा प्रश्नोत्तरलाई अन्तर्वार्ता भनिन्छ । आजकल हरेक क्षेत्रमा प्रवेशका लागि लिखित र अन्तर्वार्ता अनिवार्य हुने गर्दछ । कतिपय अवस्थामा लिखित परिक्षामा नाम निस्किए पनि अन्तर्वार्तामा पछी नाम ननिस्कन सक्छ । यसका पछाडी केहि साधारण तर महत्वपुर्ण कुरा पनि लुकेका हुन्छन । सोहि कुराको बारेमा यस खण्डमा छोटो चर्चा गर्ने कोसिस गरेको छु ।

१. शुरुमा अन्तर्वार्ता हुने मिति, स्थान, समयको बारेमा अग्रिम जानकारी लिई अन्तवार्ता हुने दिन समयमा नै उक्त कार्यालय वा स्थानमा पुग्ने र आवश्यक कागजपत्र प्रमाणपत्र चाहिने फोटो आदि नबिर्सी लिएर जानुपर्छ ।
२. अन्तर्वार्ताको समयमा प्रवेशकक्षमा प्रवेश गर्दा अनुमति माग्ने र भित्र पुगेपछि पनि बस्ने इशारा गरेपछि मात्र निर्धारित स्थानमा बस्नुपर्छ र आफ्नो कागजात सम्यमित भएर सम्झिने मागेअनुसार प्रस्तुत गर्दै जानुपर्छ ।
३. अन्तवार्ताको दिन पोशाकमा बिशेष ध्यान दिने, कुन कामको अन्तर्वार्ता हो सोहि अनुसारको सुहाउदो साधारण र मिलेको पहिरन लगाएर जाने गर्नुपर्छ ।
४. अन्तवार्तामा सोधिएका प्रश्न उपर आत्मबिश्वास साथ हल्का मुस्कुराउदै जवाफ दिने अकमकाउने, मुखाकृत बिगार्ने, नर्भस हुने असामान्य स्थिति देखाउने गर्नु हुदैन ।
५. अन्तर्वार्ताको समयमा शरीरको हाउभाउको बिशेष महत्व हुन्छ, उत्तर दिदा हातखुट्टा धेरै हल्लाउने कपाल मिलाउने आखा घुमाउने भूईतिर हेर्ने, नङ टोक्ने, चर्को र साह्रै सानो स्वरमा बोल्ने गर्नु हुदैन ।
६. सकेसम्म संभावित प्रस्नाहरुको तयारी राम्रोसग गर्नुपर्छ । यदि प्रस्नको सहि उत्तर नआएमा पनि नआत्तिकन आफूले बिर्सिएको वा जानकारी नभएको कुरा स्पष्ट राख्ने नकि बनावटी उत्तर दिने कोशिस गर्ने ।
७. प्रश्नको उत्तर दिदा साह्रै राम्रो प्रस्न सोध्नुभयो, हजुर साह्रै मजाको मान्छे, हजुरहरुलाई म पहिला देखिनै चिन्छु भन्ने जस्ता अभिव्यक्ति दिनुहुदैन ।
८. अन्तर्वार्ता प्रसंग बाहिर गएपनि आफू सधै संयमित रहने प्रसंग बाहिरको कुरामा आफ्नो भनाई नराख्ने मुस्कुराउदै बोल्नै परे अत्यन्तै थोरै बोल्ने गर्नुपर्छ ।
९. कुनै पनि बेला लिखितमा त नाम निस्कियो अब अन्तर्वार्तामा हजुरहरुको कृपा भए नाम निस्किन्थ्यो वा हजुरहरुको हातमा त छ नि जस्ता शब्द राख्नु हुदैन ।
१०. अन्त्यमा जाने अनुमति पाएपछी सबैलाई हार्दिकतापुर्बक धन्यवाद दिदै एउटा शिष्ट प्रभावशाली व्यक्तित्वको छाप छोड्दै बाहिरिनु पर्दछ ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका अरुण एशियन  लेखक तथा साहित्यकार हुन् । उनका लेखहरु साहित्यिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन । उनको रंगीन सपना नामक उपन्यास प्रकाशित छ  । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !