१५ बैशाख २०८१, शनिबार

कस्ता ब्यक्तिले गर्छन् बलात्कार ? बलात्कारका घटना हुनुका मनोबैज्ञानिक कारणहरु


बलात्कार
 गोपाल ढकाल
गोपाल ढकाल

काठमाडौँ, असोज १५ । पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन् । कोरोनाको कहर र लकडाउनको वीचमा पनि यौन हिंसा, बलात्कारका घटनाहरु बढेर गएको देखिन्छ । भखरै मात्र बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्या भयो ।

बलात्कारीको यौन अंग छेदन गर्नुपर्ने, मुत्युदण्ड दिनुपर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन । तर बलात्कारका घटनामा यस्ता केहि मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा कमि आउदैन । मुत्युदण्ड बा कडा कानुन बनाएर मात्र समस्याको समधान नहुन सक्छ । साथै शिक्षा,चेतनाको स्तर बढाउन समेत जरुरी हुन्छ ।

बलात्कारका घटनाहरु किन हुन्छन ?

यस्ता छन् बलात्कारका घटनाहरुका पछाडिको मनोबैज्ञानिक कारणहरु :

असामाजिक व्यक्तित्त्व

असामाजिक व्यक्तित्त्वलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो व्यक्तित्त्वसगँ सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जोसुकैलाई पनि दु:ख दिने, सानो-सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।

यौनको लत

यौनको लत लागेका ब्यक्तिहरु यौनप्रति अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन् ।

अप्राकृतिक यौन व्यवहार

जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ, यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्वभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलात्कार गर्ने पनि सम्भाबना हुन्छ ।

नैतिक पतन

नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा

अविवाहित, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलात्कार गर्न सक्छ ।

लागू प्रदार्थको सेबन

यसको सेबन गर्दा ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलात्कार गर्न पुग्छ ।

पोनोग्राफी र साईबर सेक्सको लत

पोनोग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क, दाजुले बहिनीसगँ शारिरिक सम्बन्ध, आदि जस्ता शिर्षकका अस्लिल भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भई हाडनाता करणी गर्न सक्छ ।

मानसिक रोग

मेनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ । उसको व्यवहार र बिचार पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ ।

शरिरिक कारण

शरिरमा सेक्स हर्मन बढदा यौन चाहना बढन गई, आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन पुग्छ ।

अति विश्वास गर्नु

घर परिबारका सदस्यवीच चाहिने भन्दा बढि घनिष्टता, अति विश्वास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त वीच नै करणीका घटना हुन सक्छन् ।

मनोबैज्ञानिक असर

सानोमा यौन दुर्ब्यबहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।

यौन अनुशासन नहुनु

सानैबाट यौन अनुशासन नभएको, पतित, बिखण्डित, अनुशासन हिन, चरित्रहिन घरपरिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ । यी र यस्ता अन्य धेरै यौन समस्या (बिचलन), मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ । यस्ता ब्यक्तिलाई मानसिक रुपमा स्बस्थ ब्यक्ति मान्न सकिँदैन किनकि मानसिक रुपमा स्वस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र ब्यबहार गर्छ । कुनै कार्य गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।

लेखक गोपाल ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध मनोबिद् हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु