१० पुस २०८१, बुधबार

कविता – भाइरस र हामी मान्छे


कविता - भाइरस र हामी मान्छे

चमेराबाट सलक हुँदै, शंका छ मान्छेमा सरेको ।
कस्तो भाइरस भयो यो बैज्ञानिक छ्क्क परेको ।
शस्त्र पनि होइन यो चिज, न त कुनै अस्त्र नै हो ।
संसार नै ध्वस्त गराउन खोज्ने आखिर के हो ?

ज्वरो आउने श्वासप्रश्वासमा गाह्रो हुने यसका लक्षण ।
विश्वलाई बिर्सिन गार्हाे हुँदैछ यो प्रकोपको तितो क्षण ।
लकडाउन, क्वारेन्टाइन र आइसोलेसन छ्न् उपाय ।
सबै मानिसहरु मिली भगाउन पर्छ भाइरसकाे भय ।

आर्थिक क्षेत्रमा परिरहेछ जता पनि नराम्रो धेरै नै असर ।
रोकथाम र उपचारमा सरकारले छोड्न हुन्न कुनै कसर ।
औषधि छैन यसको, भ्याक्सिन बन्ने चै खोइ कहिले हो ?
आफू बाचौं अरुलाई पनि बचाऔं गर्ने बेला अहिले हो ।

स्वास्थ्य भन्दा अर्को ठूलो कुरा हुन्न जीवनमा कहिले ।
सबले सम्मान गरौं, स्वास्थ्य र सुरक्षाकर्मीलाई पहिले ।
आरडिटी र पिसिआर छ्न् हाल परिक्षण विधिहरु ।
धेरै भन्दा धेरै परिक्षण गर्ने हुनुपर्छ सरकारको नीति ।

*सुदर्शन सापकोटा भूगर्भविद् हुन् । 

यो पनि पढ्नुहोस्

कविता – अवश्य एकदिन हामी सबै घरबाट निस्कने छौ

कविता – फुल्छ झर्नलाई एक दिन हुन्न जीवन

कविता – के अब तिम्रो लालित्यमा लिन हुन सक्छु?

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !