६ बैशाख २०८१, बिहिबार

कविता – फुल्छ झर्नलाई एक दिन हुन्न जीवन


life
सुदर्शन सापकोटा

जीवन के हो ?
जगतको के छ जानकारी ?
केका लागि तिमी दौडिरहेको छौ ?
बुझौ केही बुझाउ सहि,
जन्म-मृत्युको मात्र हिसाब हेर जैले हुन्छ शून्य ।
मान्छेको जन्म पाएकाछौ गरि जाउ केही पुन्य ।
ब्यर्थ मर्छौ किन आरिसले ,
छोड्दैन कालले हेर कसै गरी ।
आयौ हामी विलय हुनुछ यसै गरी ।
आउ रिस राग छोडी घमण्डलाई तोडी !
बुझौ यति, लान्छ समयले तिमिलाइ नछोडी,
त्यसैले,
त्यागौ लोभ भ्रमको, आदार गरौ श्रमको ।
सोच राखौ सहि, मानब धर्ममा रहि ।
बरु आउ प्रण गरौ !
माया र करुणाको,
सद्भाव र सहअस्तिथ्यको
बुझौं आफुलाइ जसरी अरुलाई,
हामी एउटै हौ सोचौ सबैको भलाइ ।
हिजो कोहि आयो आज कोहि गहिरहेछ ।
बृत्त औटै हो । घुम्नु छ चक्र जिवनको ।
कोहि छिटो घुमिरहेछ कोहि ढिला ।
गति तिम्रो समयको छ नगर अबेला ।
किन गर्छौ जानेर पनि नजाने जस्तो ?
छैन हेर जीवन त्येती धेरै सस्तो ।
त्येसैले,
बाडौ माया प्रेम, त्यागै रिसराग-कुन्ठा कसै गरी ।
नगरी ढिला बनाउ जीवनलाई अमुल्य यसै गरी ।
जस्तो गर्यौ मिल्छ त्यस्तै फल, कसैलाइ छुन्न जीवन ।
यस्तै सुख दु:ख बिच फुल्छ झर्नलाइ एक दिन हुन्न जीवन ।

यो पनि पढ्नुहोस् 

के अब तिम्रो लालित्यमा लिन हुन सक्छु?

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !