७ असार २०८१, शुक्रबार

के अब तिम्रो लालित्यमा लिन हुन सक्छु?


sudarshan-kafle

धोम्स र लाचारिका समाचार सुन्दा सुन्दै,
बन्दमा हिन्दा हिन्दै,
भिड बाट निक्लिदा निक्लिदै,
काठमन्डौको धुलो नाकले छान्दा छान्दै,
म थाकिसके ।
के अब एकै छिन तिम्रो काखमा सुस्ताउन सक्छु?

आखालाई छक्क पार्ने,
कस्मेटिक रुपहरु दैख्दा देख्दै,
देबकोटाका कबिताहरु,
शेक्स्पियरका नाटकहरु,
बुद्धि सागरहरुका उपन्यास,
नियाल्दा नियाल्दै,
म थाकिसके ।
के अब तिम्रो सामिप्यमा हराउन सक्छु?

मानब जिबन बुझाइएका….
नेल्सन मन्डेला र गान्धिहरुका जीबनि,
लि क्बान यु र अब्रामलिङकनका सोचहरु,
पुस्कर साह र हरिबंसका अनुभबहरु,
पढ्दा पढ्दै,
म थाकिसके ।
के अब एकैछिन यि आखालाई तिमिमा भुलाउन सक्छु?

यि स्केल बिनाका पैतालाले धर्तिलाई नाप्दा नाप्दै,
चिसो बतास चल्ने ति डाडाहरु उक्लदा उक्लदै,
अबिरल बगिरहने कयन नदिहरु तर्दा तर्दै,
म थाकिसके ।
के अब एकैछिन तिम्रो छातिमा निदाउन सक्छु?

उत्पेरनाका जिगाँसु धागाले
सुन्दर सपनाहरु बुन्दाबुन्दै
साथिभाई का रमैला गफ सुन्दा सुन्दै,
कामै कामको चाग्ङ मेट्दा मेट्दै,
म थाकिसके।
के अब एकैछिन तिम्रो लालित्यमा लिन हुन सक्छु?

-सुदर्शन सापकोटा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !