६ बैशाख २०८१, बिहिबार

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय


बर्खामा सडक दुर्घटना बर्खामा सडक दुर्घटना
बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय
सुदर्शन सापकोटा

अहिले हामी बर्खाको मध्यतिर छौ । बर्षेनी बर्खाको समयमा लगभग दैनिकजसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिकिङ्ग हुन्छ। हाम्रो देशको विशेषगरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरु भईरहेका छ्न । सबारी चापका हिसाबले अत्यन्तै ब्यस्त मुग्लिन नारायणघाट सड्कखण्ड चौडा बनाउने क्रममा अब्यब्स्थित रुपमा स्लोप कटाइले यस सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको छ । अस्ती  मात्र पनि पहिरोले सवारी साधन नै पुरिएको समाचार आइरहेको थियो । त्यस्तै भर्खरै मात्रै काठमाडौंको सड्कमा आकासे पानीको सहि निकास नभएकोले सडकमा पानी जमेर एउटा बच्चाले नालिमा परि ज्यानै गुमाउनु पर्यो।

बिकासको मेरुदण्डको रूपमा रहेको सडक आज किन मृत्युको कारण बनिरहेको छ त ? किन यस्तो भैइरहेको छ ?  के हाम्रो लागि सडक बिकास वादरको हातमा नरिबल जस्तै भएकै हो त ?  यसरी अब्यब्स्थित सडककै कारण देशले आफ्ना नागरिकहरुले ज्यान गुमाइ रहनु परेको अवस्था एकदमै दुखद छ र एउटा सरकारको लागि लाजको कुरा पनि हो । सरकारको मुख्य दायित्व भनेको नागरिकहरूमा सुरक्षाको प्रत्यभुती दिनु हो । तर सडक सुरक्षामा सरकारको आँखा सहि रुपमा पुगिरहेको देखिदैन । जसको कारण जनताहरुले ज्यान गुमाइ रहेका छ्न। अङ्ग-भङ भैईरहेका छ्न । यदि सडक दुर्घटनाको वास्तविक कारण के हो भनेर घोत्लिने हो भने, हामीले सडक निर्माण कार्यदेखि प्रयोग गर्दा सम्ममा विभिन्न पक्षहरुलाई ध्यान दिनुपर्ने देखिन्छ।

हाम्रो देश नेपालमा पछिल्लो दशकमा बिकासको लागि भनेर सडक नै खनिएका छ्न भन्दा फरक नपर्ला । अझ हाइड्रोपावरको निर्माण कार्यले सडक सन्जालको बिस्तारलाई बडवा दिएको छ । सडक निर्माण गर्नु बिकासका दृष्ठिकोणबाट महत्त्वपूर्ण कुरा हो। तर सडक कसरी बनिरेका छ्न भने त्यो भन्दा महत्त्वपूर्ण कुरा हो । नेपाल जस्तो भौगोलिक दृष्ठिकोणबाट बिबिध र कम्जोर भौगर्भिक भु-बनोट भएको ठाउँमा त झन सडक बनाउदा विशेष ध्यान दिनुपर्ने हुन्छ । सडक भनेको अहिलेको युगमा एउटा सभ्य बस्तीको सुरुवात हुने ठाउँ हो । विभिन्न कोणबाट कोहि न कतै सड्कसग जोडिएकै हुन्छ । सडक सबैको सरोकारको विषय पनि हो। त्यसकारण सडक बनाउदा सडकको दिगोपनको आवश्यकतालाई बुझी भौगर्भिक अध्ययन साथै भु-बिज्ञानसग सम्बन्धित विशेषज्ञहरुको अनुभब र ज्ञानलाई  मात्र सडक निर्माण प्रक्रियामा सदुपयोग गर्न सकियो भनेपनि धेरै मात्रामा भौगोलिक र भौगर्भिकरणबाट हुने दुर्घटना र सडक क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । साथै सडक जीवनलाई दीर्धायु बनाउन सकिन्छ। सडक निर्माणसगै यसको प्रयोगको पक्षले पनि दुर्घटनामा महत्त्वपुर्ण भुमिका खेलेको हुन्छ ।

सडक प्रयोग गर्ने क्रममा विभिन्न पक्षहरूबाट हुने लापरबाहीले बढी दुर्घटना हुने गरेको देखिन्छ । यात्रुहरुको हतार मनस्थिति, चालक र सबारी साहु बिचमा बेलाबखत हुने तनाव पुर्न सम्बन्धको कारण पनि दुर्घटनाको कारण बन्ने गरेको सुनिन्छ। अर्को कुरा कतिपय चालकले मदिरा सेवन गरी सवारी साधन चलाउनाले, अनुभब नभएका सवारी चालक सहयोगीलाई सवारी चलाउन दिनाले, लामो रुटमा चल्ने रात्री बसहरुमा दुईवटा चालक नहुदा निर्दा मै सवारी चलाई दुर्घटना भएका समाचारहरु पनि आउने गरेका छ्न । केही चालकमा जथाभावी ओभरटेक गर्ने, तीब्र गतिमा सवारी चलाउदा दुर्घटनामा पर्ने गरेका छ्न । यसैगरी सवारी क्षमताभन्दा बढी यात्रुहरु चलाउनाले पनि ठूलो दुर्घटनाको सिकार हुनु परेको देखिन्छ ।

अप्ठ्यारो सडकमा पुराना सवारी चलाउनाले र चालकहरुमा ट्राफिक नियमको राम्रो ज्ञान नहुनु पनि अर्को मुख्य कारण हो । यसरी यी र यस्ता कारणहरुबाट बर्सेनी विशेषगरी बर्खाको समय हुने सडक दुर्घटना र प्राकृतिक प्रकोपले धेरै जिउ-धनको क्षति भैईरहेको छ। यस्ता प्राकृतिक प्रकोप र अब्यब्स्थित सडकको प्रयोगबाट हुने दुर्घटनालाई रोकथाम गर्न र हुने क्षतिको न्यूनीकरण गर्न सरकारले सम्वन्धित ठाउँको भौगर्भिक स्थितिको महत्त्वलाई बुझी सडक बनाउनुपर्छ र सवारी, चालक, सहचालक कस्ता कुन मापदण्डका कस्तो सडकमा हुनपर्ने स्पष्ट नियम बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ। साथै यात्रुहरुले पनि सवारी प्रयोग गर्दा सचेत हुनुपर्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !