विश्व आज धेरै ठूलो भएको छ ।
विश्व मात्र होइन म मेरो देश ठूलो देखिरहेछु ।
म अहिले काठमाडौबाट गाउँ कल्पना गर्छु ।
जान सक्दिन !
बास्तबमा, हामी सानो घेराबाट आज नजिकको गाउँ पनि टाढा देखिरहेछौ ।
देख्न बाध्य छौ ।
म सपनामा देख्छु,
सपनामै रमाइरहेछु एउटा बन्द धेराभित्र ।
यस्तो घेरा जो म अनि हामी पार गर्न सक्दैनौ ।
जब हामी घेरा पार गर्न खोज्छौ ।
अनि डरले सताउछ, कतै मानब अस्तित्व बिरोधी शुक्ष्म कोरोनाले हामीलाई थाहै नपाई घेरा नाग्छ कि ? !
म हामी होइन अहिले देश नै एक घेराभित्र छ ।
बाटाहरु सुनसान छन् ।
सीमाहरुबन्द छन् ।
आकाशमा साच्चिकै शुन्यता छ ।
वास्तबमा हामी सब बन्दाबन्दीमा छौ ।
हामी बन्दी छौ !
तर, बन्द कोठाभित्र लडाइँमा छौ कोरोनासगं;
हो हामी, कोरोनालाई जित्नेछौ ।
हामी निराश छैनौ ।
हामी टाढा टाढा छौ ताकी कोरोना हामीबाट टाढै बसोस् ।
टाढै बसेरै लडिरहेछौ र
यो लडाइँमा हामी सब एक छौ ।
हामी धैर्य छौ ।
आशावादी छौ ।
अनि हामी डटेर लडिरहेने छौ ।
खटेर लागिरहने छौ, कोरोना विरुद्ध ।
विश्वस्त हौ कि,
एकदिन एक बिहानी हामीलाई पर्खिरहेको छ ।
हो हामी छिटै बन्दीबाट खुल्ला हुनेछौ ।
अवश्य एकदिन हामी सबै घरबाट निस्कने छौ।
*सुदर्शन सापकोटा भूगर्भविद् हुन् ।
यो पनि पढ्नुहोस्
कविता – फुल्छ झर्नलाई एक दिन हुन्न जीवन