७ पुस २०८१, आइतबार

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली


प्रधानमन्त्रीलाई पत्र - लोकतन्त्रका बन्दी हामी नेपाली

लोकतन्त्र भनेको के हो ?

प्रचण्ड र बाबुरामलाई प्रश्न ?

कता र कहाँ नेर, कसरी ?
कस कसका लागि आयो
मेरो देशमा लोकतन्त्र ?
कस कसले कसरी के
भनेर मनाए लोकतन्त्र ?
देश र सारा निर्दोष नेपालीले
के के उपहार पाए लोकतन्त्रमा ?
पत्रकारहरुले लेखेर कराएर साथ
दिए बापत के के उपहार पाए
लोकतन्त्रमा ?

विद्या दिदीमा पनि मेरो प्रश्न ?

तपाइँ यो देशको गरिमामय पदमा यसरी बस्दा
हामी निक्कै रमायौँ तर यहाँ पुगेर हामी झैँ
जनता हुँदा गरेका बचनवद्दता भुलेर
यो विलिसितामा भुल्नु भयो यो पिडा भयो
हामीलाई अनि के कति गर्नु भयो तपाइलाई
यहाँ बसाउने सारा नेपालीहरुकालागि तपाइँले ?
के के पाएर कसरी के खाँदै रमाएर या कति पिडाका आँशु झारेर
बिताइ मनउँदै छन त नेपालीले यो गणतन्त्र ?

अनि बिप्लवलाई पनि प्रश्न ?

विप्लव तिमीलाई मेरो एउटा सानो प्रश्न छ !
आन्दोलन र झुठा भाषणले यो देश बन्दैन भन्ने एउटा तिमीलाई सल्लाह छ !!
प्रचण्डले के के पाए त्यो पनि जानी राख !
माओवादी आन्दोलनका घाइते र पिडितको हालत कस्तो छ ?
हेरेर आइदेऊ भन्ने असल सल्लाह छ !!
जुन देशमा बुद्दको त्याग छ त्यो बरु बुझि राख !
बाबुरामले के के पाए त्यो लेखाजोखा राख !!
देश भन्दा ठुलो कदापि हाम्रो जीवन हुँदै हैन !
हाम्रा त्यागले नै देश बन्छ त्यो भन्दा अर्को कुरा छैन !!

ओली सरमा पनि प्रश्न ?

खै किन किन मनमा यतिबेला धेरै कुरामा चुकेपनि
ओली सरमा मेरो मन विश्वास गर्छ !
विद्वान र असल सल्लाहकार भए ओली सरमा
यो देशलाई संसारकै सुन्दर देश बनाउने हिम्मत र क्षेमता छ !
तर यसका लागि उनले साँच्चै विद्वान र असल मानिसको
सल्लाह सुझाव र प्रतिपक्षिहरुको सुझाव लिन जरुरी छ !
यो मातृभूमि हाम्रो जीवन जस्तै अमुल्य छ !
देश जोगाएर समृद्द पारेर राख्नुपर्छ !!
यसो नगरे यो जीवन ब्यर्थ खेर मात्र जान्छ
यो सन्तानको नाशो यसलाई जोगाई राख्न हामी सबैको सहयोग र साथ पक्कै चाहिन्छ !!

प्रतिपक्षीमा प्रश्न ?

यो समयलाई असल सचेतकको भूमिकामा बसेर सहयोग र साथ दिई
भोलीको आफ्नो कार्यकाल सुदृढ बनाउन तयार हुनुपर्छ !

सत्तासिनहरु (केही) मा प्रश्न ?

यो देशका सारा दु:खी र पिडित जनतालाई गएर तपाइँहरुले तिनको पिडा बुझ्नुपर्छ !
अक्करको बास दुख र कष्टमय जीवनको पिडा बोध गरेर त्यागमय जीवन
बाँच्ने प्रण गरेर बाँकी जीवन प्रायश्चित गरेर विताउने बचनबद्दता गरि आउनु हुनेछ !!
शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, उर्जा र उद्योगमा लगानी गरेर
देशका युवामाको ज्ञान बिछ्याउँदै सारा नेपाली हाँसेको नेपालमा
साँचों गणतन्त्र मनाउनुपर्छ !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !