८ पुस २०८१, सोमबार

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


छोरीको प्रश्न बाबालाई - कसरी आउँछ र बाबा ?

बाबा ! हामी कसरी नेपाली र ?
हामी हामी माझ न त मायाँ छ न सद्दभाव र एकता !
न देशको मायाँ न संस्कृति जोगाउने चाहना !!
न हामी रहनुपर्छ भन्ने शोच; न नेपालीको सम्मान बढोस भन्ने कामना !!
एकले अर्कोको सम्मान; इज्जत गरौँ भन्ने त कता कता !
आफ्नै आफ्नाको अपमान गर्न उद्धत !!
अनि कसरी हुन्छ त देश विकास कसरी बढ्छ समृद्दि !!

कसरी आउँछ र बाबा बिकास र समृद्दि ?
खै त बाबा के हो त्यो आजकल सबैले भन्ने गरेको विकास र समृद्दि भनेको कुरा !
हाम्रो देशमा किन नभएको त्यो बाबा !
कहाँबाट कसरी ल्याउने कि त्यो आफैँ आउने हो बाबा ?

आउँदैन त बाबा त्यो ?
कति टाढाबाट आउने हो र बाबा त्यो ?
कि घामको देशमा छ त्यो र यति धेरै समय लागेको ?
कि पृथ्वी मुनि छ बाबा त्यो लुकेर बसेको ?

कहिले आउँने होला ?
के के होला त्यस्मा ?
कहिले आइपुग्छ होला त्यो टिभीको मानिसले जहिले पनि भनेको विकास र समृद्धि ?
के हो बाबा अनि कस्तो र कत्रो हुन्छ बाबा त्यो विकास र समृद्दि ?

के मा चढेर आउँछ बाबा ?
जेटमा कि ?
मानिसको बुइमा कि ?
घोडाको भारीमा कि या तुहिनमा ?
हवाइजहाजमा कि ?
बसमा चढेर आउने हो अक्करको बाटो बाबा त्यो विकास र समृद्दि ?
बाबा पल्लो घरको हजुरवा हजुरआमा त मर्नु भयो हिजो !!

त्यो विकास र समृद्दि आउछ भन्दा भन्दै !
जहिले म जाँदा यो सानी त कति भाग्यमानी !
यसका पालामा जताततै विकास र समृद्दिले ढाक्छ,
यसले त अमेरिक, बेलायत, रुस, जर्मन, जापान, क़तार, मलेसिया, ब्राजिल, कत्तै जानै पर्दैन !!
भन्नुहुन्थ्यो, बिचरा देख्नै नपाइ मर्नु भयो !!

बाबा झुठो कुरो कहिल्यै बोल्नु हुन्न भन्या हैन त ?
कि साँच्चै हो बाबा त्यो आउने?
तर माथीका र ठुलाबडालाई मतलव नभै आउँदैन रे हो बाबा ?
विकास र त्यो समृद्दि ?

अनि को हो बाबा माथीका ठुला बडा भनेको
र कहाँ बस्छन् तिनिहरु बाबा ?
या कसैले ल्याइदिने हो बाबा त्यो !!
के मा राखेर ,कसरी ल्याउने बाबा त्यो ?
अनि नि बाबा, के हुन्छ त्यो आएपछी ?

कति कराई कराई घाँटी भरि माला लाएको त्यो राम्रो र ठुलो मानिसले भनेको कुरा !!
कस्तो हुन्छ बाबा त्यो र कहाँबाट ल्याउने हो त्यो हाम्रो घर घरमा ?
किन चाहिन्छ बाबा त्यो हामीलाई ?
भन्नु न बाबा छिटो !
नत्र आमालाई सोधुँ म ?

बाबा, नजिकको हाम्रो छिमेकी देश भारतमा छ हो त्यो समृद्दि कि हिमाल पारीको देश चिन र कोरियामा छ ?
कि टाढा अमेरिका बेलायत र जापान जर्मन रुस तिर मात्रै छ बाबा ?

बाबा,
त्यो आए हामीलाई यस्तो दु:ख कष्ट हुन्न हो ?
कि हजुरले हाम्रालागि यसरी काम गर्नु पर्दैन ?

बाबा के त्यो विकास र समृद्दि आए सबैले अघाउन्जेल भात खान पाइन्छ हो ? कि के हुन्छ बाबा ?
कि कर्णाली जस्ता नेपालका सबै ठाऊँका हामी नेपालीले सुख पाएर खुशी हुन नि पाउँछौँ ? बाब !!

बाबा ?
हुन त अस्ति स्कुल जाँदा दाइ दिदीले भन्नु भएको,
नि बाबा,
पढेर पनि के र गर्नु हामी बाहुनले ?
कोटामा पर्दैनौ !
पैसा धेरै छैन घुस खुवाउन !
सोर्स फ़ोर्स छैन र ठुलो पोष्टमा पनि हाम्रा आफन्त छैनन् र भएपनि पैसा नखाइ गर्दैनन् रे काम हो हो बाबा ?

चिनेकाले परेको बेला गर्दैनन् र नपर्दा मलाई भन्नु है केहि परे मात्र भन्छन रे हो बाबा ?
बरु देशमा विकास र समृद्धि भित्रिएको भए यस्तो दु:ख त हुँदैन थियो !
गरेर खान पाइन्थ्यो !
भनेर गनगन गर्नु हुन्थ्यो
अनि
दिक्कै हुने भैयो पनि भन्दै हुनुहुन्थ्यो !!
किन होला है बाबा यस्तो ?

बाबा ! बाबा !! बाबा !!!
भन्नु न मलाई कसरी ल्याउने त्यो ?
कस्तो सबैलाई चाहिएको तर आफ्नै देशमा नभएको अनि पराइसित मागेर ल्याउनुपर्ने,
हो र बाबा यस्तो त्यो ?

बाबा ! बाबा !!
के समृद्धि र विकास आए पछी हामीलाई कहिल्यै दु:ख कष्ट हुँदैन ?

जाऊँ न बाबा त्यो
टिभीमा समृद्धि र विकास छिट्टै आउँछ;
सारा नेपाली कसैले पनि अव दुख पाउँदैनन् भन्ने अंकललाई भेट्न !!
अलि छिट्टै समृद्धि र विकास ल्याऊँ भन्न !!
बाबा ! ए बाबा !! बाबा !! बोल्नु न बाबा !! किन नबोल्नु भएको ?
रिसाउनु भयो हो बाबा मसित ?
मैले नचाहिने कुरा सोधेँ भनेर हो बाबा ?

बाबा !!
बोल्नु न किन सास पनि नफेरी किन निदाउनु भएको ?
बाबा ! बरु मलाई चाहिँदैन मेरो देशमा समृद्दि !
मलाई मेरो बाबा भए पुग्छ बाबा !
बाबा !
उठ्नु न् ! गार्हो भयो हो बाबा हजुरलाई ?
बाबा ! उठ्नुन बाबा !,
बरु म कहिले सेध्दिन यो विकास र समृद्दि कसरी आउँछ भनेर बाबा !!

म हजुरले दुख गरेर कमाउनु भएको पैसाले पढेर;
टाढ; धेरै टाढा गएर धेरै पैसा कमाएर आउँछु र;
मेरो बाबा; आमालाई कति; कति सुख दिन्छु र
समृद्दि पनि बरु मै किनेर ल्याउँछु

बाबा !!!

तर बाबा हजुर त जे भने पनि उठ्नु भएन !
म के गरौ बाबा अव ?
मैले त नबुझेर विकास र समृद्दि सोधेको
मेरो बाबा नै पो त के हुनुभयो ?
बाबा ! बाबा ! बाबा ???? !

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !