४ जेष्ठ २०८१, शुक्रबार

खोज्दै छु म देशमै ढुक्कको एक सिरानी


शोभा काफ्ले खतिवडा

कतै छैन खै मेरो यो शिरमा देशको ढुक्कको शिरानी !

यो भूमिमा छैन है खै कतै जीवनको पनि कहानी !!

 

यो देशको शोभा नै हाम्रो भूमि नेपाली शान हो !

मनको मायाँ पोखेर बाँचौँ बमान त हो !!

 

तिमी हौ देशको नायक अव यो मुलुक बनाऊ !

असल मानिस बनेर पहिले देश सुन्दर बनाऊ !!

 

गरे के हुँदैन यो मेरो पवित्र धरामा कर्म र काम !

सुन नदिमा फल्छ यहाँ हिरा खानीमा खोज्न जाऊँ !!

 

यो हिमाली जलमा नि हामी उर्जाको खेती नै लगाऊँ!

पाहाड र तराईमा फल र अन्न हामी मिलेर रोपौँ!!

 

यो नेपाली विरहरुको हो नि बहादुरीको जन्मभूमि !

कतै छैन कहीँ यस्तो अजात सत्रुको पवित्र भूमि !!

 

जनताको नै पसिनाले यहाँ पालिएका मानिस पनि !

आफ्नो कर्म खोज्छन भूमिमा यो देशका मानिस पनि !!

 

सत्ताको मदले बेहोस् नहुन सत्तामा बस्नेहरु !

बाहिर बसी आत्तिने नगरौँ विपक्षी मनहरु !!

 

भाँड भैलो गरी सत्ता हत्याउने खेल अव नखेलौँ !

मिलेर बसौँ सहयोग गरौँ यो देश सुन्दर बनाऔँ!!

 

पालोलाई  पर्खौँ,सहयोग गरौँ जितेर जानेलाई !

असल विपक्षी बनेर भोली बहुमत ल्याउनलाई !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

यस्तो हो जीवन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !