१७ जेष्ठ २०८१, बिहिबार

शहर काठमाण्डौ


Dhatamani Pokharel
धातामणि पोखरेल

धुलोमाण्डौ, हिलोमाण्डौ अनि ढलमाण्डौ,

जताततै अस्तव्यस्त शहर काठमाण्डौ,

क्याफेमाण्डौ, रेष्ट्रोमाण्डौ अनि डिस्कोमाण्डौ,

कालोधनलाई उडाउने शहर काठमाण्डौ,

 

जाममाण्डौ, धुवांमाण्डौ अनि लेनमाण्डौ,

सवारीचाप लथालिंग शहर काठमाण्डौ,

सोर्समाण्डौ, शक्तिमान्डौ अनि किनमाण्डौ,

टाठाबाठा चिप्लेहरुको शहर काठमाण्डौ,

 

स्वार्थमाण्डौ, कसाईमाण्डौ अनि धुर्तमाण्डौ,

अरु मारी आफू ज्यूने शहर काठमाण्डौ,

एजेन्टमाण्डौ, चम्चामाण्डौ अनि घुसमाण्डौ,

फेरो समाई महल बुन्ने शहर काठमाण्डौ

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

बन्छ कि त देश यहाँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !