२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई साहित्यकार शोभा काफ्ले खतिवडाको चिठ्टी


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

रारा मात्र हैन तिमी हरेक भु-भाग जाऊ !

हेर कति दुखेको छ छाम तिनको घाऊ !!

कतै ज्ञानको मार्ग छैन बाटो पनि छैन !

जीवन केहो बुझाइ दिने कोहि नै छैन !!१

 

नेपालीका घर आड्गन पुग्न पर्छ तिमी !

नत्र कता थाहा हुन्छ के हो पिडा भनि !!

देश कति दुखेको छ मन त कति कति !

कसरी हुन्छ दुक्ख पिडा अन्त्य कसरी !!२

 

कता के काम गर्ने देश विकासका लागि !

जनताको पिडा हरण गर्ने होला कसरी !!

युद्द स्तरमा काम गर्ने आदेश देऊ तिमी !

पसिनाको मुल्य देऊ उठोस जीवन गति !!३

 

आड्ग नाड्गा भोका पेट अन्न कतै छैन !

चिसो छेक्ने मुटु काम्दा वस्त्र केहि छैन !!

जीवन विज्ञानमा कुद्नु पर्ने पत्तो नै छैन !

उनलाई हेर्ने कोहि छ भन्ने थाहा छैन !!४

 

संविधानको ज्ञान केहो पत्तो अझै छैन !

पिडामाथि पिडाखप्नु सिवाय केहि छैन !!

अन्याय र न्याय के हो विवेक थाहा छैन !

अन्धविश्वास र अज्ञानता बाहेक थाहा छैन !!५

 

काम दिएर माम दिने उपाय गर्न लगाई !

शिक्षा,स्वास्थ्य दिएर उठाऊ तिनलाई !!

हरेक उमेरका पिडा, ब्यथा नरहोस देशमा !

समृद्द होस हिमाल पाहाड र मधेशमा !!६

 

सक्छौ भने देशका जनताहरु एक बनाऊ !

केही काख  कोही पाखा गर्न नलगाऊ !!

न्याय सेवा जनताको अधिकार बनोस !

देश समृद्द भई कन हरेक मन हाँसोस् !!७

नयाँ वर्ष २०७५ को मड्गलमय शुभकामना !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !