१६ जेष्ठ २०८१, बुधबार

गजल


Krishna Prasai कृष्ण प्रसाई 

-कृष्ण प्रसाई 

किन मस्जिदमा आज रामकै गान देख्दैछु,
हे खुदा ! म गुरुद्वारमा पनि कुरान देख्दैछु ।।

तिम्रै प्रेरणामा लामो यात्रा गरेको थिएँ,
जहाँ छोडिदियौ त्यहीँ नै दोभान देख्दैछु ।।

विष्णुले निन्दा गरेथे असुरलाई कुनै दिन,
आज त असुरसँगै विष्णु भगवान देख्दैछु ।।

हातहरुले छिना समाए, गोडाले दौड जिते,
तर घाँटीमा फूल मालाको सम्मान देख्दैछु ।।

आफ्ना मात्र कुरा गर छिमेकीको हैन प्रिया,
भो कुरा नकाट म भित्ताहरुको कान देख्दैछु ।।

*कृष्ण प्रसाई लेखक तथा साहित्यकार हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !