७ पुस २०८१, आइतबार

कविता – रंगहरु


सिमा रोशी

शायद त्यो निलो भित्र तिमी छौ !
शान्ति छ, बुद्ध छ !
शायद म कालो छु, म भित्र रात छ,
बिद्रोह छ !
र ती राता फुलहरु क्रान्तिकारीहरुका हुन् !
ती राता आगोहरु परीवर्तनकारीका हुन् !
जसरी त्यो गुलावी प्रेममा सृष्टि जगतको प्रेम छ –
यी धेरै प्रेमहरुमा धेरै गुलावी मनहरु कैद छन् –
ती विभाहरु घामका पलकहरु हुन् !
त्यो निलो आकाश, सागरहरु र सेतो हिमालमा डुल्ने
ती हरिया औराहरु प्रकृतिका आत्माहरु हुन् !
र कवि ?? !
र तिनलाइ पोत्ने यहि कलम हो !
हजारौ रंगहरुको आरोह हो !
कि यस बिनिर्माणभित्र, रंगहरुको भग्नावेषभित्र म केहि भए पनि
सुस्ताउन सकुँ,
जुर्मुराउन सकुँ !

सबै भन्दा खेदलाग्दो कुरा त तिमीले संसारका ती सबै रंगहरुलाई भुल्यौ !
तिमी भित्रको निलोलाई भुल्यौ !
तिमी भित्रको रातोलाई भुल्यौ,
यस धराका श्वेत आत्माहरुलाई भुल्यौ – आमाका !

र बाँकी कालोमा तिमीले पछाएका ती रंगहिन, आत्माहिन्, प्रेमहिन्, वर्तमानहरु !
म लेख्नै नसकेर आज बिद्रोही भएको हुॅ !

सिमा रोशी, हाल सिड्नी, अस्ट्रेलिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !