५ मंसिर २०८१, बुधबार

कविता – देशलाई पत्र


शोभा काफ्ले खतिवडा
शोभा काफ्ले खतिवडा

एउटा चिठी देशलाई लेख्न कति न मन छ !
तर देशले पढ्न सक्दैन भन्ने ममा डर छ !
अखण्ड यो मेरो भूमि कहिले सुन्दर बन्छ ?
समृद्धिको भाग्य देशको कसले होला कोर्छ ? १

पाखा भित्ता मेरो देशको बनेमा अति सुन्दर !
मेरो देश यस जगत कै बन्दछ कति पावन !
देशको गर्भ कति सुन्दर र हराभरा छ बुझौ !
हिरा मोती, खनिजले भरिएको छ मानौ !! २

दैश हेर्ने चस्मा कसले कता लगि लुकायो ?
खोजेर देशको मुहार हेर्ने वीर पो चाहियो
देश हाम्रौ पहिचान राष्ट्रियताको पनि हो !
देशको गौरव बढाउन एकजुट हुनु पनि हो ३

मेरो माटो मगमगाउनै शुभ कर्म गर्नलाई !
एउटा मानिस मात्र वहादुर चाहिएको छ !!
यो देश बुझ्ने देश पढ्ने मानिस चाहियो !
सगरमाथा जोगाउने वीर योद्धा चाहियो !! ४

सत्ता भन्दा पर तिम्रो सुन्दर देश पो छ है !
खोजे जगतको अपूर्व यो देश बन्दछ है !!
भाग्य देश बनाउने जुरेको यसै जुनीलाई
देशकालागि कर्म गर्दै बिताऊँ जीवनलाई ५

शुभा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – सत्ता छाडी गाऊँ जाऊँ

प्रधानमन्त्रीलाई पत्र – फर्किए देशमा युवा

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !