१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीलाई पत्र – सत्ता छाडी गाऊँ जाऊँ


प्रधानमन्त्रीलाई पत्र - सत्ता छाडी गाऊँ जाऊँ

कस्तुरी झैँ मगमग बास्ना आउन सके पो त जीवन सुन्दर !
सुस्तरी सबैको दिलमा छाउन सके पो त जीवन सुन्दर !!
कर्मका हात सक्रिय पारी देशका लागि समर्पण गर्दा !
हरपल यसै देशका लागि धाउन सके पो त जीवन सुन्दर !!१!!

हिमालबाट हिउँका नदी कलकल गरी बग्नु पर्छ !
पाहाडलाई सिञ्चन गर्दै तराईसम्म नै झर्नु पर्छ !!
देशको मुहार कर्मले फेर्ने प्रण गर्न भेला हौँ हामी !
अव त सारा नेपाली कै मत एकै हुनु पो त पर्छ !!२!!

सत्तासिनले हरपल देशको मात्र चिन्तन गर्नु पर्छ !
असल ज्ञानी विद्वानका विचार, अध्ययन गर्नै पर्छ !!
देश कसरी सफल हुन्छ भन्ने मूल मन्त्र सिकेर !
जनता धनी भएमात्र देश बलियो हुन्छ बुझ्नु पर्छ !!३!!

थैलो आफ्नो भर्ने हैन देशको थैलो भर्न सिकौ !
दैलो अरुको ढुक्ने हैन आफ्नै दैलोमात्र लिप्न सिकौँ !!
अरुका देशका विकास चोरी आफ्नो देश विकास गरौँ !
असल कर्म गर्दा गर्दै देशका खातिर बाँचौँ, मरौँ !!४!!

देशका किल्ला हुन सारा जिल्ला विकाश अव गर्नै पर्छ !
सुरक्षाको बलियो कवच सिमानामा राख्नै पनि त पर्छ !!
अन्न र पानी उर्जा र खानी समृद्दिशाली बनाउँनुनै पर्छ !
धानका बाला सारा देश भरि लहलह झुल्नै पर्छ !!५!!

कस्तुरी झैँ मगमगाउनु पर्छ भन्ने कुरा बुझौँ !
शहर राम्रा बनाएर गाऊँ धाउनु पर्छ शोचौँ !!
देशको हरेक पाटो हराभरा पारौ न सबै मिली !
सत्तासिन सजग बनौ जनता छन सार्है दुखी !!६!!

देशको माटो दुखेको छ मल्हम पट्टी लाउन पुगौ !
च्छो रोल्पा र रारा फेवा विकास गर्ने कुरा शोचौँ !!
काली मेची सातै प्रदेश समृद्ध हुनै पर्छ !
कोरोनाको कहर सकि विज्ञान विजयी बन्नै पर्छ !!७!!

कोरोनाको कहर छाडी विज्ञान विजयी बन्नै पर्छ !
सतीले सरीपेको देश हैन मानिस भनेर हो भनि बुझ्नु पर्छ !!
प्रकृति रमेर बरदान दिएको स्वर्ग सरिको देश मेरो !
कर्म देशलाई पोख्ने हरुलाई आशिर्वाद दिने माटो हो मेरो !!८!!

शुभा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – फर्किए देशमा युवा

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !