१३ बैशाख २०८१, बिहिबार

कविता – हामी बहादुर होईनौं “गुलाम” हौं


रामचन्द्र तिम्सिना

रिस उठेको होला है ?

के भन्दैछ यसले भनेर, भित्तामा मुड्किले हान्नुस तर यथार्थ यहि हो र सत्य पनि !

हिजो राजा महाराजाहरुको गुलामी गर्यौं र आज नेताहरुको गर्दैछौं !

दास मानसिकता बाट अझै माथी उठेका छैनौ, दरिद्र मानसिकताले अझै छाडेको छैन !

हजुरिया हिजो पनि थियो र आज पनि छन, रैती नै भएर बस्यौं जनता बन्न खोजेनौं !
जो जनता बन्न खोजे ढालिए र भित्तामा सालिक बनाईए !

मालिकको आदेश शिरोधार्य गर्नु नै हाम्रो परम्परा हो भने कसरी भयौं बहादुर ?

बैरीले गुलाम बनाउन भिराईदिएको बहादुरिको बिल्ला हेरेर गर्व गर्नुको औचित्य छैन !

सेनापति कटुवाल र सभापति देउवाको जसले सामना गरे चुनिचुनी भुटिए !
जसले पुच्छर हल्लाए अझै हालिमुहाली उसैको हातमा छ !

राप्रपा, पुर्व एमाले, कांग्रेस र हालको नेकपा मालिकको कडकडाहटमा पुच्छर लुकाउँछ र अरु बेला पुच्छर हल्लाउँछ !

हामी यिनैको आरती उतार्छौ पुजा गर्छौ जिन्दावाद र जयजयकार गर्छौं !अनि कसरी भयौं बहादुर ?

कातर मानसिकता बाट माथी उठेर जो निर्वाद देश र जनताको भाषा बोल्ने साहश राख्छ उ हो बहादुर !

हामीमा को छौं त्यस्तो ?

खुल्ला मञ्चमा भाषण गरे जस्तो हुदैन बहादुरी !

नेताको इशारामा माईतिघरमा प्रहरीमाथि ढुङ्गा बर्साउनेलाई बहादुर भन्ने या अश्रुग्यास टिपेर फाल्नेलाई ?

यहाँ कोहि पनि होईनन र कोहि पनि छैनन् बहादुर !

बहादुर त्यसलाई भनिन्छ जसले देश र जनताप्रति बफादार रहि नि:स्वार्थ प्राण आहुती दिन्छन् !

कुहिएको संसदभित्र पाखुरी निमोठेर हुदैन बहादुरी, बिदेशी सेनामा भर्ती भएर अरुको लागि प्राण दिनेलाई भनिदैन बहादुरी !

सोझो भाषामा भन्नू पर्दा यहि त हो गुलामी यहि त हो गुलामी !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !