शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो
२७ असोज, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या