Screenshot काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् । आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह आज बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन् ।
प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन । स्रोतका अनुसार प्रधानमन्त्री शाहसँगका सुरक्षाकर्मी समेत सिभिलमा थिए ।
पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ । धार्मिक र ऐतिहासिक महत्त्वको यस मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन् ।












