६ जेष्ठ २०८३, बुधबार

Tag: सुकुमवासी व्यवस्थापन

प्रतिनिधिसभा : विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद ज्ञानु पौडेलले प्रत्येक नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।