गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ । अहिले बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणका लागि १८ वर्षअघि बागलुङ बजारवासीले उपल्ला चौरको दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको थियो ।