काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मुद्दाको आधार नभएकोले साधारण तारेखमा छाड्न माग गरिएको छ । आज बुधबार थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई रिहा गर्न माग गरेका हुन्