काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालकाे आजै दाहसंस्कार गरिने भएको छ । नेपालको पार्थिव शरीर नेकपा (एमाले) को कार्यालयमा श्रद्धाञ्जली कार्यक्रमका लागि नराखिने पनि भएको हो । नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने भएको हो ।