काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित बढेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल गरेको छ । संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ ।