१३ आश्विन २०८३, मंगलबार

संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले संघीय निजामति ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज मंगलबारको बैठकले विधेयक संसद्‌मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै शिक्षा तथा खेलकुदमत्री सस्मित पोखरेलले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‌समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु