स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । आज मंगलबार मन्त्रीस्तरीय निर्णयबाट प्युठानका थापालाई अध्यक्षमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । बोर्डमा २०८१ भदौदेखि अध्यक्ष पद रिक्त थियो ।