काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त