११ बैशाख २०८३, शुक्रबार

कलाकार न्यौपानेको निधन


मृत फेला

७ माघ, काठमाडौँ । कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो ।

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो । मुनालको आजै अन्त्यष्टि गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिनुभयो । मुनाल काठमाडौँको माहाङ्कालका स्थायी बासिन्दा हुनुहुन्थ्यो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु