३० चैत्र २०८२, सोमबार

अध्यक्ष पराजुलीलाई मातृशोक


Nepalpatra

१ असोज, पोखरा । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका पूर्व सञ्चालक सदस्य गङ्गाधर पराजुलीलाई मातृशोक परेको छ ।

पराजुलीकी माता ९३ वर्षीय कलावती पराजुलीको उपचारका क्रममा गण्डकी मेडिकल शिक्षण अस्पताल पोखरामा आज निधन भएको हो । उच्च रक्तचापको समस्या भएपछि उहाँलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्व पराजुलीका चार छोरा र एक छोरी हुनुहुन्छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !