२९ चैत्र २०८२, आइतबार

सांसदको तलब छाब्दी कोषलाई


tanahu

२८ भदौ, दमौली । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ ।

चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उहाँले व्यास नगरपालिका–१४ स्थित उक्त अध्यक्ष प्रेम आलेलाई रकम हस्तान्तरण गर्दै जिल्लाको विकासका लागि आफू सधँै तत्पर रहेको बताउनुभयो ।

आफूले चुनावमा बोलेका कुरा अक्षरस कार्यान्वयन गर्दै जाने जानकारी सांसद श्रेष्ठले छाब्दी राष्ट्रकै लागि परिचित धार्मिक तीर्थस्थल भएकाले यसको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सांसद उहाँले यसअघि पाँच महिनाको तलब विभिन्न सङघसंस्थालाई हस्तान्तरण गरिसक्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !