११ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेटवार्ता


राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन शाहले भेटवार्ता गरेका छन् । आज शुक्रबार शीतल निवास पुगेर प्रधानमन्त्री बालेनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा भारत भ्रमण, अध्यादेश, सरकारका कामकारबाही र राष्ट्रपतिले जारी गर्न बाँकी रहेका अध्यादेशबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यसअघि आजै रास्वपाका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेललाई भेटका थिए ।

भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि उनी शीतल निवास पुगेका हुन् । भारतको दुईदिने भ्रमणमा जाने बेला भने प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग नभेटेको टिप्पणी हुँदै आएको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !