काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकालले विवाह गरेका छन् । उनीहरू बिहीबार विवाह बन्धनमा बाँधिएका हुन् ।
विराटनगर घर भएका मुकुल जन्ती लिएर झापा पुगेर निशासँग विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह समारोहमा रास्वपाका नेताहरूको समेत उपस्थिति रहेको छ ।















