८ मंसिर २०८३, मंगलबार

आफूसँग स्वर्णिम र शिशिर सहितको फोटो सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !


आफूसँग स्वर्णिम र शिशिर सहितको फोटो सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गर्दै देश उँभो लाउने टोली भनेका छन् ।

केहीबेरअघि उनले सञ्जालमा भारत भ्रमणका क्रममा जहाजमा खिचिएको उक्त तस्वीर उनले आज सार्वजनिक गरेका हुन् । उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

प्रधानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए । शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !