काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । दुईदिने राजकीय भ्रमण सकेर नेपाल ओर्लिए लगत्तै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले मोदीलाई धन्यवाद दिएका हुन् ।
भ्रमण सकेर उनी केही समय अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनले आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।














