१ मंसिर २०८३, मंगलबार

ललितपुरको नख्खुमा भेटियो बोराभरी पैसा, ३ जना पक्राउ


शिक्षक पक्राउ

ललितपुर । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

बोराभित्र स्रोत नखुलेको एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जनालाई प्रहरीले ललितपुरको नख्खुबाट पक्राउ गरेको छ। आज मंगलबार बिहान सवा १० बजेतिर पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जना बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा जाँदै थिए।

ललितपुर महानगरपालिका-२ नख्खु चोकतर्फ गइरहेका तीन जनाले रकम बोकेको विशेष सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले रकमसहित पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा भोजपुर घर भई कोटेश्वर बस्ने कम्पनीका मार्केटिङ हेर्ने ३० वर्षीय दीपक खड्का छन्। भ्यानका चालक गोदावरी बस्ने ३२ वर्षीय जयराम केसी र बानेश्वर बस्ने लोडरको काम गर्ने २९ वर्षीय प्रज्वल रिजाल पक्राउ परेका छन्। ‍

उनीहरूबाट कुल एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद भएको हो। एक हजारको नोट मात्रै एक करोड ९ लाख ८७ हजार बरामद भएको थियो। बाँकी ५००, १००, ५०, २०, १० र ५ रुपैयाँका नोट छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !