२१ कार्तिक २०८३, शनिबार

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसको हार्दिक शुभकामना


धन्वन्तरी जयन्ती

नवलपुर । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धन्वन्तरी जयन्ती । भगवान् धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक तथा देववैद्यका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ ।

आयुर्वेद हाम्रो प्राचीन चिकित्सा ज्ञान र सभ्यताको अमूल्य सम्पत्ति हो । यसको उद्देश्य रोग लागेपछि उपचार गर्नु मात्र नभई स्वस्थ जीवनशैली अपनाउन, रोगबाट बच्न र शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न प्रेरित गर्नु पनि हो ।

हाम्रा पुर्खाले प्रयोग गर्दै आएका जडीबुटी, प्राकृतिक आहार, योग, दिनचर्या र ऋतुचर्याको ज्ञानलाई आधुनिक वैज्ञानिक अनुसन्धानसँग जोड्दै संरक्षण, विकास र प्रवर्द्धन गर्न आजको आवश्यकता छ ।

आयुर्वेदलाई अन्धविश्वासबाट मुक्त राख्दै प्रमाण, अनुसन्धान र व्यावहारिक अनुभवका आधारमा अघि बढाउन सके यसले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो। स्वस्थ जीवन नै सुखी जीवनको आधार हो । आयुर्वेदको संरक्षण, संवर्द्धन र विकासमा समर्पित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, वैद्य तथा आयुर्वेदप्रेमीहरूमा धन्वन्तरी जयन्तीको हार्दिक मंगलमय शुभकामना ।

आयुर्वेदको सम्मान गरौँ, प्राकृतिक सम्पदाको संरक्षण गरौँ र स्वस्थ समाज निर्माणमा योगदान पुर्याऔँ ।

कुमारवर्ती औषधालय हेल्थ क्लिनिक एण्ड प्याथोलोजी मध्यविन्दु नगरपालिका चोरमारा बजार :९८५७०४०२९८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !