२० कार्तिक २०८३, शुक्रबार

सिंहदरबारभित्रै गाडीको ठक्करबाट सांसद गैरे घाइते


राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ। सिंहदरबारभित्रै गाडीले ठक्कर दिँदा एक जना सांसद घाइते भएकी छन् । आज शुक्रबार सिंहदरबारभित्र जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा नेकपाकी राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई गाडीले ठक्कर दिएको हो ।

ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको उनलाई ठक्कर दिएको हो । सो गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको भएको दाबी गरिएको छ ।

मन्त्रालयअगाडिको जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा सल्लाहकार निधिको गाडीले सांसद गैरेलाई ठक्कर दिएको प्रहरीले बताएको छ । सडक पार गर्न हातको इसारा गर्दागर्दै पनि गाडीले ठक्कर दिएपछि उनी भुइँमा लडेर सामान्य घाइते भएकी छन्।

गाडीको ठक्करबाट सांसद गैरो सामान्य घाइते भएकी छन् । उनलाई त्यही गाडीले उपचारको लागि ट्रमा सेन्टर लगेको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सुरक्षा र सवारी नियम पालनाको अवस्थालाई लिएर गम्भीर प्रश्न उठेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !