काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । सर्वोच्च प्रशासनले पनि रिट दर्ता भएको जनाएको छ।
सरकारले आइजिपी पदबाट हटाएपछि कार्कीको तर्फबाट कुँवरले हिजै सर्वोच्चमा रिट पेस गरेका थिए । उक्त दर्ता भएको रिटको कात्तिक ३० गतेलाई पेसी तोकिएको छ ।
मन्त्रिपरिषदको बुधबारको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । तर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति नलिई सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।












