१६ कार्तिक २०८३, सोमबार

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम


जिज्ञानकुमार थापा

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि आज साेमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

उनले आफूले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । असोज २८ गते प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो ।

त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत थापाका बारेमा जापान सरकारसँग जानकारी मागेको थियो । जापानले जानकारी नपठाएपछि अहिले प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिएका हुन् ।

नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले उक्त पत्र पढेर सुनाए । साथै, उनले आफू समितिमा नआउने र निवेदन भने पठाउने जानकारी थापाले गराएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !