काठमाडौं । संसद् बैठक सञ्चालन गर्न प्रतिपक्षी दलहरूले माग गरेका गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आयोजना गरेको बैठकबाट सभामुख डोलप्रसाद (डीपी) अर्याललाई संसद् बैठक सञ्चालनका निम्ति आग्रह गर्ने निर्णय गरिएको छ । सरकारले अध्यादेशबाट शासन सञ्चालन गर्न विपक्षी दलको आरोप छ ।
बैठकमा नेकपा (एमाले)का तर्फबाट सचिव एवं संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए । संसद्बाहिर रहेका दलका नेताहरू पनि बैठकमा उपस्थिति थिए ।












