१३ कार्तिक २०८३, शुक्रबार

नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न रास्वपाको माग


रास्वपाको कार्यशाला

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न रास्वपाको माग गरेको छ । आज शुक्रबार प्रहरीले कार्यकक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

पार्टीका प्रवक्ता जगदीश खरेलले एउटा प्रेस विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा केही सञ्चारकर्मीहरूलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी जारी रहेको भन्ने समाचारहरूको सन्दर्भमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न तथा गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गरेका हुन् ।

रास्वपाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको समाचारहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न रास्वपाको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !