१ कार्तिक २०८३, शनिबार

छलफलका लागि पत्रकार किशोर श्रेष्ठलाई लगियो साइबर ब्युरो


किशोर श्रेष्ठ

काठमाडौँ । वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले छलफलका लागि साइबर ब्युरो लगेको छ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा श्रेष्ठलाई ब्युरो लगिएको हो।

पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूवीच सामाजिक सञ्जालमा विवाद हुँदै आएको थियो । हिजो शुक्रबार श्रेष्ठ र पन्त दुवैले एकअर्का विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए ।

उजुरीपछि शनिबार बिहानै प्रहरी श्रेष्ठको घर भएको स्थान ललितपुरमा पुगेको थियो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले श्रेष्ठलाई पक्राउ नगरिएको दाबी गर्दै आज छलफल चाहिँ हुन सक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !