२३ आश्विन २०८३, शुक्रबार

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान


उखु किसान

काठमाडौँ । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल रु ७० प्रदान गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !