काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको तर सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको दावी गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आज मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले पूर्वप्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको बताए । सो थ्रेट आएपछि सरकारले उनलाई सुरक्षित ठाउँमा राखेको उनको भनाइ छ ।
उनलाई प्रहरीले सुरक्षित ठाउँमा लगिसकेपछि पनि थ्रेट आएको कुरा परिवारबाट आएको समेत पोखरेलले बताए । उनले जबरालाई पक्राउ नगरिएको र नियन्त्रणमा समेत नलिएको जिकिर गरे ।









